Follow us at:

बारम्बार सोधिने प्रश्नहरु


1. १. password reset गर्नको लागि mail पठाएको अहिले सम्म response आएन अब के गर्ने होला ?

यस अघि User create भई हाल Password विर्सिएको खण्डमा Password reset गर्नुपर्ने हुन्छ ।स्थानीय तह तथा व्यक्तिगतरुपमा पठाइएका emails को queue धेरै भएकोले response गर्न केही समय लाग्ने गर्दछ सामान्यतया Password reset का लागि it@feo.gov.np मा email पठाएको तिनदिन भित्रमा response आउँछ । तथापि वैदेशिक रोजगार कार्यालय, ताहाचलका अतिरिक्त आफूलाई पायक पर्ने प्रदेशस्थित श्रम तथा रोजगार कार्यालयहरु(विराटनगर, जनकपुर, बुटवल, पोखरा, सुर्खेत तथा धनगढी) email गरेमा चाडै response हुने सम्भावना रहन्छ किनकि त्यहाँ email को queue कम रहन्छ ।वा 01-5909671 र 01-5907661 मा सम्पर्क गरी password reset गर्न सकिन्छ ।


2. २. नयाँ श्रम स्वीकृतिको लागि चाहिने कागजात बारेमा जानकारी गराउनु होला ?

https://feims.dofe.gov.np मा Log in गरी online Form भर्ने, Form भर्ने क्रममा नै आफूलाई पायक पर्ने PDOT कक्षा सञ्चालन गर्ने संस्था छनौट गरी कक्षामा सहभागी हुने, Form भर्ने क्रममा नै स्वास्थ्य परीक्षण गर्ने संस्थाले तोकेको दस्तुर अनलाइन मार्फत् भुक्तान गरी स्वास्थ्य परीक्षण गराउने उक्त दुबै (PDOT र स्वास्थ्य परीक्षण) को नतिजा प्राप्त भएपछि (यसका लागि ३ कार्यदिनको समय लाग्छ) आफ्नो उमेर अनुसार देहाय बमोजिमको बीमा बापतको रकम अनलाइन मार्फत् भुक्तान गर्नेः बीमा शुल्कः १८-35 वर्ष रु 3708/ 36-50 वर्ष रु 4931/ 51-64 वर्षसम्म रु 9463/ र सामाजिक सुरक्षा कोषमा रु 2308/ तथा कल्याणकारी कोषमा रु 1500/ भुक्तान गरेपछि देहायको कागजात scan गरी तपाईंले आफूले रोजेको कार्यालयमा श्रम स्वीकृतिका लागि Form submit गर्न सक्नुहुन्छः ९० दिनभन्दा बढी म्याद बहाल रहेको पासपोर्ट, म्याद अवधी बाँकी रहेको भिसा, रोजगारदाता कम्पनीसँग भए/गरेको सम्झौताको प्रति, रोजगादाताले आफ्नो आधिकारीक email बाट श्रम स्वीकृति गर्ने कार्यालयमा पठाएको email, स्वघोषणा-पत्र, खाडी मुलुकको हकमा सम्बन्धित मुलुकस्थित नेपाली दूतावासले जारी गरेको प्रमाणीकरण/Attestation पत्र, अंग्रेजी र अरबी भाषा बाहेक अन्य भाषामा लेखिएको सम्झौतापत्र/COE(Certificate of Eligibility) भए सोको विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग वा अन्य आधिकारीक निकायबाट गरिएको अंग्रेजी उल्था/Translation को प्रति ।


3. ३. पुनः श्रम स्वीकृतिका लागि चाहिने कागजातहरुका बारेमा जानकारी दिनुहोस् ।

९० दिनभन्दा बढी म्याद बहाल रहेको पासपोर्ट, म्याद अवधी बाँकी रहेको भिसा/ID Card/Permit card, रोजगारदाता कम्पनीसँग भए/गरेको सम्झौताको प्रति(सोही कम्पनीमा जाने भए करारपत्र आवश्यक नपर्ने), घरेलु कामदारको हकमा सम्बन्धित मुलुकस्थित नेपाली दूतावासबाट अनुसूची-८(छुट्टीको कागजात) प्रमाणित कागजात र तोकिए बमोजिमको दस्तुर ।


4. ४. छुट्टीमा आएको बेला श्रम अवधी कति भए सम्म विदेश जान सकिन्छ होला ?

छुट्टीमा आएको बेला 90 दिन भन्दा बढी श्रम अवधी बाँकी रहे गन्तव्य मुलुक जान सकिन्छ ।


5. ५. श्रम गर्दा document पूरा भएपनि reject मात्र आउँछ किन होला ?

वैदेशिक रोजगार सम्बन्धी सेवा प्रवाहलाई जनमुखी, जवाफदेही, पारदर्शी तथा सेवाग्राहीमैत्री एवम् आधुनिक सूचना प्रविधिमा आधारित बनाउँदै सर्वसाधारणले पाउनुपर्ने सेवा छिटो, छरितो र सहज ढङ्गले उपलब्ध गराउन अनलाइन प्रणाली मार्फत् श्रम स्वीकृति हुने व्यवस्था छ । तपाइले पेश गर्नु भएको कागजात/document ठीक छ भने reject आउँदैन तसर्थ आफूले form submit गर्नु अघि नै तोकिए बमोजिका कागजात छ/छैनन्? काजगात Blur/धमिलो पो छ कि? एकिन गरेरमात्र पेश गर्नुहोस् । सकेसम्म आफू स्वयमले form भर्नुहोस् ।


6. ६. it@feo.gov.np मा mail गरेको response आएको छैन किन होला?

स्थानीय तह तथा व्यक्तिगतरुपमा पठाइएका emails को queue धेरै भएकोले response गर्न केही समय लाग्ने गर्दछ सामान्यतया it@feo.gov.np मा mail गरेको तिनदिन भित्रमा response आउँछ ।


7. ७. टोकन पाइरहेको छैन किन होला?

प्रतिदिन नयाँ तर्फ 350 र पुनः श्रमस्वीकृति तर्फ 1100 टोकन छोड्ने व्यवस्था गरिएको छ । ती टोकन सकिएको अवस्थामा मात्र टोकन नपाउने हो यदि आजको टोकन नपाएको खण्डमा भोलि/अर्को दिनको टोकन लिनुपर्ने हुन्छ ।


8. ८. श्रम स्वीकृति भएको छ कि छैन?

श्रम स्वीकृति भएको छ/छैन भन्ने थाहा पाउने तरिका क. Form भर्दाको समयमा उल्लेख भएको मोबाइल नम्बरमा प्राप्त हुने message बाट ख. https://feims.dofe.gov.np मा आफ्नो PP no र Password entry गरी status check गरेर वा https://dofe.gov.np/ मा PP no entry गरी श्रम स्वीकृतिको बारेमा जानकारी पाउन सकिन्छ ।


9. ९. Flight मेरो भोलि छ श्रम स्वीकृति approved भएको छैन किन होला?

Flight को आधारमा श्रम स्वीकृति हुने होइन । वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि, २०७९ बमोजिम सेवाग्राहीले तोकिए बमोजिमका कागजात पूरा गरी अनलाइन form submit गरी तोकिएको टोकन मितिको तिन कार्यदिन भित्रमा श्रम स्वीकृति प्राप्त हुन्छ तसर्थ श्रम स्वीकृति नभई हवाई टिकट नलिनुहुन जानकारी गराइन्छ ।


10. १०. श्रम स्वीकृति गर्नको लागि कुन website को प्रयोग गर्नु पर्छ ?

श्रम स्वीकृतिको आवेदन दिनका लागि https://feims.dofe.gov.np को प्रयोग गर्नुपर्छ ।


11. म अहिले विदेशमा छु पुनः श्रम स्वीकृति गर्नको लागि नेपाल नआएर यताबाट गर्न मिल्दैन?

तपाई पहिलो पटक श्रम स्वीकृतिको लागि आवेदन पेश गर्दै हुनुहुन्छ भने मिल्दैन किनकि तपाईंले biometric दिनुपर्ने, PDOT कक्षामा सहभागी हुनुपर्ने र स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ तर पुनः श्रम स्वीकृतिको हकमा विश्वको जुनसुकै स्थानमा रहनुभए पनि https://feims.dofe.gov.np मार्फत् श्रम स्वीकृतिको लागि आवेदन पेश गर्न सक्नुहुन्छ यसका लागि स्वदेश नै आइरहनु पर्दैन ।


12. १२. वैदेशिक रोजगार कार्यालयमा जति कल गरेपनि कल उठाउँदैन ?

यस कार्यलयमा दैनिक अत्यधिक कलहरु आउने हुँदा अधिकतम कलहरु संवोधन गर्ने गरिएको छ । त्यसमध्ये कहिलेकाहीँ प्राविधक तथा विविध कारणले कल संवोधन गर्न नसकिएको हुन सक्छ ।देहाय बमोजिमका नम्बरमा आफूलाई परेको समस्या अनुसार फोन गर्न सक्नुहुनेछः सि.नं काम फोन नं 1 Password Reset गर्नुपरेमा 01-5909671 01-5907661 2 Reject भएमा 01-5909671/एक्टेन्सन नं 15 3 DoB/अन्य प्राविधिक समस्या भएमा 01-5909665 01-5908669 वा it@feo.gov.np मा mail गर्ने


13. १३. स्थानीय तहबाट श्रम गर्दा २०/२५ दिनमा पनि श्रम Approved हुँदैन तर Agent मार्फत गर्यो भने एकैछिनमा हुन्छ किन होला ?

कागजात तथा सबै प्रक्रिया पूरा गरी FEIMS प्रणालीमा पेशहुन आएका सबै निवेदनहरु FEIMS प्रणालीको पालोक्रम (Queue) बमोजिम हुने हुँदा सबै प्रक्रिया पूरा भएका निवेदनहरु तोकिएको टोकन मितिले ढिलोमा ३ दिनभित्र स्वीकृत भैरहेको छ । प्रक्रिया पूरा नभएका निवेदनहरु अस्वीकृत हुने भएकाले समय लागेको हुनसक्छ । स्थानीय तहबाट पेश हुन आएका निवेदनहरुमा अधिकांश कागजातहरु अधुरो पेशहुन आएको भेटिन्छ ।


14. १४. वैदेशिक रोजगार कार्यालयबाट स्थानीय तहलाई कुनै पनि मद्धत पाईरहेको छैन ?

स्थानीय तहबाट यस कार्यालयसंग माग भएका समस्याहरुको अधिकतम् सम्बोधन भईरहेको छ ।


15. १४. श्रम स्वीकृती गर्दा कम्पनी Add गर्न मिलिरहेको छैन के गर्ने होला ?

कम्पनी Add को लागि request पठाई email अथवा नजिकको कार्यालयमा सम्पर्क गर्नुपर्दछ


16. १६. कम्पनी add गर्नको लागि mail पठाएको अहिलेसम्म response आइरहेको छैन किन होला ?

दैनिक कम्पनी add लगायतका email हरु अधिकतम प्राप्त हुने हुँदा क्रमानुसार कार्य सम्पादन हुने हुँदा केहि समय लाग्न सक्छ ।


17. १७. वैदेशिक रोजगार कार्यालयमा mail, landline मा दिएको नम्बर सबैमा सम्पर्क गर्दा पनि केहि response आइरहेको छैन किन होला ?

यस कार्यलयमा दैनिक अत्यधिक कलहरु आउने हुँदा अधिकतम कलहरु संवोधन गर्ने गरिएको छ । त्यसमध्ये कहिलेकाहीँ प्राविधिक तथा विविध कारणले कल संवोधन गर्न नसकिएको हुन सक्छ ।


18. यो योजनामा कसरी आबद्ध ह � न सिकन्छ ?

आवश्यक कागजातह� सिहत कोषको अनलाइन प्र णालीबाट िनवेदन िदई यस योजनामा सहभागी ह�न सिकन्छ ।


19. वैदेशिक रोजगार बोर्ड सचिवालय कहा छ होला ? वैदेशिक रोजगार बोर्ड सचिवालयको सम्पर्क नम्बर जानकारी गराइदिनु होला ?

वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहल, काठमाडौं (नेपाल औषधि लिमिटेडको भवन) फोन नं. : ०१-५३२०४३३, ५३२०३११ Email: info@feb.gov.np welfare@feb.gov.np (आर्थिक सहायताको लागि) Website: www.feb.gov.np


20. वैदेशिक रोजगार बोर्ड सचिवालयले के-के काम गर्छ होला ?

 कल्याणकारी कोषको व्यवस्थापन र संचालन,  कामदार तथा तिनका परिवारको हकहित संरक्षण (राहत, उद्दार एवं सामाजिक सुरक्षा),  सुरक्षित वैदेशिक रोजगारीबारे सचेतना अभिवृद्धि,  बैदेशिक रोजगार प्रवर्द्धन,  नयाँ गन्तव्य मुलुकहरुको खोजी,  पूर्व प्रस्थान अभिमुखीकरण व्यवस्थापन,  सीप तालिम प्रवर्द्धन,  समस्यामा परी फर्किएका कामदारको पुनर्एकीकरण,  वैदेशिक रोजगारी सम्बन्धी विविध सवालहरुमा अध्ययन तथा अनुसन्धान,  वैदेशिक रोजगार सम्बन्धी नीति तथा कानुन तर्जुमामा सरकारलाई सहयोग ।


21. शव झिकाउनको लागि कुन-कुन कागजात चाहिन्छ होला ? शव झिकाउनको लागि कहाँ-कहाँ गएर निबेदन दिन सकिन्छ होला ?

मृतकको शव नेपाल झिकाउने प्रक्रिया  बोर्ड सचिवालय, स्थानीय तह वा सूचना तथा परामर्श केन्द्र (MRC) मध्ये आफूलाई पायक पर्ने कार्यालयमा गई तोकिएको ढाँचामा उल्लेखित कागजात सहित निवेदन पेश गर्ने,  निवेदन बोर्ड सचिवालय वा कन्सुलर सेवा विभागमा, माथि उल्लेखित निकाय मार्फत, अनलाइनबाट वा आधिकारिक इमेल मार्फत वा आफै उपस्थित भएर दिन सकिने,  निवेदनप्राप्त भएपछि बोर्ड सचिवालयले सम्बन्धित देशमा रहेको दूतावास/नियोगसँग समन्वय गरी शव नेपाल ल्याउन पहल गर्नेछ । आवश्यक कागजातहरु  निवेदन,  निवेदकको नागरिकताको प्रतिलिपि/परिचय खुल्ने कागजपत्र,  कामदारको पासपोर्टको प्रतिलिपि ।


22. शव ढुवानीको लागि कहाँ सम्पर्क गर्न सकिन्छ होला? शव ढुवानीको लागि कुन कुन कागजात चाहिन्छ होला?

शव ढुवानी प्रक्रिया  बोर्ड सचिवालय, स्थानीय तह वा सूचना तथा परामर्श केन्द्र (MRC) मध्ये आफूलाई पायक पर्ने कार्यालयमा गई तोकिएको ढाँचामा उल्लेखित कागजात सहित निवेदन पेश गर्ने,  बोर्ड सचिवालयले श्रम स्वीकृति लिई विदेश गएको कामदारको शव नेपालको अन्तर्राष्ट्रिय विमानस्थल देखि घरसम्म (नजिकको सडक विन्दुसम्म) निःशुल्क शव ढुवानी गर्ने,  स्थानीय प्रशासन वा स्थानीय जन-प्रतिनिधिको रोहबरमा शव आफन्तलाई बुझाउने व्यवस्था बोर्ड सचिवालयले गर्नेछ । आवश्यक कागजातहरु  निवेदकको नागरिकता प्रतिलिपि,  कामदारको पासपोर्ट प्रतिलिपि,  निवेदकको सम्पर्क नम्बर र मृतक परिवारको सम्पर्क ठेगाना ।


23. मृतक कामदारको परिवारले पाउने आर्थिक सहायताको प्रक्रिया र आवश्यक कागजातहरु के-के होला?

मृतक कामदारको नजिकको हकवालालाई आर्थिक सहायता दिने प्रक्रिया  स्थानीय तहमार्फत् वा बोर्ड सचिवालयमा हकवालाले निवेदन दिनुपर्ने,  आवश्यक कागजात साथ प्राप्त निवेदन तहगत रूपमा चेक जाँच गरी  बोर्ड सचिवालयले हकवालाको बैंक खातामा आर्थिक सहायता रकम सिधै जम्मा गर्नेछ । आवश्यक कागजातहरु  मृतकको पासपोर्टको प्रतिलिपि,  नागरिकताको प्रतिलिपि,  विदेश स्थित नेपाली दूतावास/अस्पतालको मृत्युको प्रमाण र प्रज्ञापनपत्र (विदेशमा मृत्यु भएको हकमा),  स्थानीय तहबाट जारी भएको मृत्युदर्ता प्रमाणपत्र र हकवालाको फोटो सहितको किटानी सिफारिस,  कुनै घटनाको कारण मृत्यु भएकोमा प्रहरी प्रशासनको रोहबरमा भएको सर्जमिन मुचुल्का,  हकवालाको नागरिकता/नाता प्रमाणपत्रको प्रतिलिपि,  अविवाहित प्रमाणपत्रको प्रतिलिपि (यदि अविवाहित भएमा),  हकवालाले सम्बन्ध बिच्छेद गरेको भएमा अदालतको पत्र,  “क” वर्गको वाणिज्य बैंकको खाता नं. प्रमाणित हुने कागजात ।


24. ) बिरामी/अंगभंग कामदारको परिवारले पाउने आर्थिक सहायताको प्रक्रिया र आवश्यक कागजातहरु के-के होला?

बिरामी वा अंगभंग भएमा पाइने आर्थिक सहायता प्रक्रिया  स्थानीय तह मार्फत् वा बोर्ड सचिवालयमा कामदारले निवदेन दिनु पर्ने,  बिरामीको बाहिरी देखिने रोगको अवस्था अनुसार आर्थिक सहायता बोर्ड सचिवालयले उपलब्ध गराउने,  नदेखिने र भित्री रोगका सम्बन्धमा विशेषज्ञ समितिमा पेश गरिने र समितिको निर्णयानुसार आर्थिक सहयाता उपलब्ध गराउने । आवश्यक कागजातहरु  गन्तव्य देशमा अंगभंग/बिरामीको प्रमाण (विदेश अस्पताल रिपोर्ट/दूतावास),  कामदारको पासपोर्ट,  पासपोर्टमा प्रस्थान/आगमनको छाप,  नेपाल सरकारबाट मान्यता प्राप्त अस्पतालमा जाँच गरेको पछिल्लो मेडिकल रिपोर्ट,  कामदार अंगभंग भएको स्पष्ट देखिने रंगिन फोटो,  “क” वर्गको वाणिज्य बैंकको खाता नं. प्रमाणित हुने कागजात ।


25. छात्रवृत्ति सहायता प्राप्त गर्न के-के कागजातहरु चाहिन्छ होला?

छात्रवृत्ति सहायता प्रक्रिया  १००% आर्थिक सहायता पाउने कामदार वा हकदारका ( १८ वर्ष मुनिका, नर्सरी देखि १२ कक्षासम्म ) छोरा छोरीका लागि छात्रवृति सहायता उपलब्ध गराउन बोर्ड सचिवालयले हरेक वर्ष सूचना प्रकाशन गर्नेछ,  छात्रवृतिका लागि सम्बन्धित विद्यार्थीले आफू अध्ययन गरेको विद्यालयमा निवेदन दिनु पर्ने,  विद्यालयले सम्बन्धित स्थानीय तहलाई र सिफारिस सहित स्थानीयले बोर्ड सचिवालयमा निवेदन पठाउने,  प्राप्त निवेदन चेक जाँच गरी छात्रवृति रकम बोर्ड सचिवालयले सम्बन्धित विधार्थीको बैंक खातामा पठाउनेछ। आवश्यक कागजातहरु  पासपोर्टको प्रतिलिपि,  अभिभावकको नागरिकताको प्रतिलिपि,  मृत्युदर्ताको प्रमाणपत्र/अंगभंग/गम्भीर विरामी भएको प्रमाणित गर्ने मान्यता प्राप्त चिकित्सकको प्रमाणको प्रतिलिपि,  जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,  विद्यालयको सिफारिस  स्थानीय तहको सिफारिस


26. अलपत्र कामदारको उद्दार तथा खोजतलासको लागि के गर्नु पर्छ?

प्रक्रिया  उद्दारका लागि सम्बन्धित परिवारका सदस्यवा नजिकको आफन्तले बोर्ड सचिवालय, स्थानीय तह वा सूचना तथा परामर्श केन्द्र (MRC) मध्ये आफूलाई पायक पर्ने कार्यालयमा गई तोकिएको ढाँचामा उल्लेखित कागजात सहित निवेदन पेश गर्ने  निवेदनप्राप्त भएपछि बोर्ड सचिवालयले सम्बन्धित देशमा रहेको दूतावास / नियोगसँग समन्वय गरी उद्धारको पहल गर्नेछ। आवश्यक कागजातहरू  कामदारको पासपोर्टको प्रतिलिपि वा पासपोर्ट नम्बर,  निवेदकको नागरिकता वा परिचय खुल्ने कागजको प्रतिलिपि र सम्पर्क नम्बर,  गन्तव्य देशमा कम्पनीको बारेमा जानकारी,  जेलको नाम र ठेगाना (कामदार जेलमा रहेमा) कामदारको सम्पर्क नम्बर (उपलब्ध छ भने) ।


27. जेलमा परेका कामदारको कानूनी प्रतिरक्षाको लागि के गर्न सकिन्छ?

कानूनी प्रतिरक्षा प्रक्रिया  कानूनी प्रतिरक्षाका लागि सम्बन्धित परिवार वा कामदारले बोर्ड सचिवालय वा सम्बन्धित देशको नेपाली दूतावासमा निवेदन दिने,  बोर्ड सचिवालयमा प्राप्त निवेदन आवश्यक कारवाहीका लागि सम्बन्धित दूतावासमा पठाईने,  सम्बन्धित नियोगले कानूनी प्रतिरक्षा उपलब्ध गराउने सम्बन्धमा राय सहित परराष्ट्र मन्त्रालयमा पत्राचार गर्ने,  नियोगबाट प्राप्त राय सहित परराष्ट्र मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत बोर्ड सचिवालयमा पत्राचार हुने र बोर्डको निर्णयानुसार कानूनी प्रतिरक्षाको लागि रु. १५ लाखसम्म (प्रति व्यक्ति) रकम सम्बन्धित नियोगमा पठाउनेछ । आवश्यक कागजातहरु  कामदारको पासपोर्टको प्रतिलिपि वा पासपोर्ट नम्बर,  निवेदकको नागरिकता वा परिचय खुल्ने कागजको प्रतिलिपि र सम्पर्क नम्बर,  कामदार संलग्न कम्पनीको नाम / जेलको नाम र ठेगाना,  कामदारको सम्पर्क नम्बर (यदि उपलब्ध छ भने ),  परिवार सदस्य/ आवेदकको नागरिकता र सम्पर्क नम्बर,  निवेदक र कामदार बीचको नाता प्रमाणपत्र ।


28. शुल्क सोधभर्ना (PDOT) महिलाका लागि मात्र हो? यो प्राप्त गर्न कसरी सकिन्छ?

शुल्क सोधभर्ना (PDOT) महिलाका लागि मात्र हो प्रक्रिया  पूर्व प्रस्थान अभिमुखीकरण तालिम (PDOT) को शुल्क सोधभर्ना लागि बोर्ड सचिवालयमा निवेदन दिनुपर्छ,  प्राप्त निवेदन चेकजाँच गरी बोर्ड सचिवालयले नगदै रकम सोधभर्ना गर्नेछ । आवश्यक कागजातहरू  श्रम स्वीकृति लिएको निस्सा,  अभिमुखीकरण तालिमको प्रमाणपत्रको प्रतिलिपि,  अभिमुखीकरण तालिम शुल्कको सक्कल रसिद, पासपोर्टको प्रतिलिपि ।


29. कामदारको परिवारले कुन-कुन रोगमा र कसरी आर्थिक सहायता पाउछ होला?

कामदारको परिवारका सदस्यलाई अल्जाइमर, मृगौला फेल, क्यान्सर, मुटु सम्बन्धी रोग र पार्किन्सन रोग भएमा प्रदान गरिने औषधी उपचार सहयोग प्रक्रिया  स्थानीय तहमार्फत् वा बोर्ड सचिवालयमा हकवालाले निवेदन दिनुपर्ने  निवेदनको चेक जाँचगरी विशेषज्ञ समितिमा पेश गरिने र समितिको निर्णयानुसार आर्थिक सहयात उपलब्ध गराउने । आवश्यक कागजातहरु  कामदारको पासपोर्टको प्रतिलिपि,  बिरामी परिवारको सदस्यको नागरिकता प्रतिलिपि, स्थानीय तहबाट सिफारिस पत्र,  कामदार र बिरामी परिवारको सदस्य बीच नाता प्रमाणपत्र,  नेपालको मान्यता प्राप्त अस्पतालमा पछिल्लो पटक चेक-जाँच गराएको प्रमाण (मेडिकल रिपोर्ट, चिकित्सकको प्रेस्क्रिप्शन),  पासपोर्टमा प्रस्थान/आगमनको छाप लागेको पृष्ठको प्रतिलिपि  “क” वर्गको वाणिज्य बैंकको खाता नं. प्रमाणित हुने कागजात ।


30. टेलिमेडिसिन सेवा प्राप्त गर्न सम्पर्क नम्बर के होला ?

 श्रमिकहरुको स्वास्थ्य सम्बन्धी जोखिमको न्युनिकरण गर्न सञ्चार माध्यमहरुको प्रयोग गरी सचेतना फैलाउने र अनलाईन माध्यमबाट स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन टेलिमेडिसिन सेवा सम्पर्क नम्बर: +९७७-९८५१३४५७०१ र ९८५१३४५७०२  हरेक आइतबार बिहान १०:०० देखि ५:०० बजे सम्म (सार्वजनिक बिदाको दिन बाहेक)


31. वैदेशिक रोजगार बोर्डकोबाट आर्थिक सहायताको लागि स्थानीयबाट समेत निबेदन दिन सकिन्छ भन्ने व्यवस्था कानुनत कहाँ व्यवस्था गरिएको छ?

 वैदेशिक रोजगार नियमावली, २०६४ (पाँचौं संशोधन) को नियम २८ को उपनियम ७ ले आर्थिक सहायताको निवेदन स्थानीय तहमार्फत् समेत दिन सकिने व्यवस्था गरेको छ ।


32. वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरू

 आर्थिक सहायताको लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको हुनुपर्नेछ,  आर्थिक सहायताको लागि मृत्यु वा अंगभंग भएको १ वर्षाभित्र निवेदन दिइसक्नु पर्नेछ,  पेश गरिने कागजातहरु आधिकारिक निकायबाट प्रमाणित भएको हनु पर्नेछ,  सेवा प्राप्त गर्न तोकिए बमोजिमको निवेदन/फारम वैदेशिक रोजगार बोर्डको वेबसाईट http://feb.gov.np/download #nebadan मा click गरी प्राप्त गर्न सकिनेछ,  उल्लेखित सेवा प्राप्त गर्न श्रम स्वीकृतिलिई वैदेशिक रोजगारमा को हुनु पर्नेछ,  स्थानीय तहबाट निवेदन दिंदा सम्बन्धित स्थानीय तहको आधिकारिक इमेल ठेगानाबाट पठाउनु पर्नेछ,  आर्थिक सहायका लागि बोर्डको इमेल ठेगाना: welfare@feb.gov.np मा पठाउनु पर्नेछ ।  थप जानकारीको लागि श्रम कल सेन्टरको पैसा नलाग्ने ११४१ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।


33. बैदेशिक रोजगार बिभागको नम्बर कति होला ?

वैदेशिक रोजगार कार्यालयको सहायता कक्ष:०१-५९०९६७१ (व्यक्तिगत शाखा) प्रशासन शाखा: ०१-४७९२६१६, उद्वार तथा राहत समन्वय शाखा:०१-४७९२६४८, आर्थिक प्रशासन शाखा:०१-४७९२६५८


34. व्यक्तिबाट ठगी सम्बन्धी गुनासो तथा उजुरी कहाँ दिन सकिन्छ ?

व्यक्तिगत ठगी सम्बन्धी गुनासो सम्पूर्ण सक्कल प्रमाणका साथ निवेदन दिई वैदेशिक रोजगार विभागको मुद्दा तथा अनुसन्धान शाखामा दिन सकिन्छ ।


35. म्यानपावरबाट माग गरिरहेको रकम बढी भएमा कहाँ गुनासो गर्न सकिन्छ ?

म्यानपावरबाट बढी रकम माग गरेको भए सो को सूचना वैदेशिक रोजगार विभागको अनुगमन शाखमा दिन सक्नुहुनेछ । अनुगमन शाखामा उक्त बारेमा जानकारी निवेदन मार्फत दिन सक्नुहुनेछ ।


36. म्यानपावर मार्फत प्रकृया पूरा गरेर गइसकेपश्चात भने जतिको स्यालेरी, काम र सुविधा नपाउदा कहाँ सम्पर्क गर्ने ?

: म्यानपावर मार्फत प्रकृया पूरा गरेर गइसकेपश्चात भने जतिको स्यालेरी, काम र सुविधा नपाउँदा राहत तथा उद्दार शाखामा सम्पर्क गर्ने, सम्पर्क व्यक्तिको परिवारले गर्न सक्नुहुनेछ ।


37. FEIMS मा कुनै विवरण गलत भएमा कहाँ सम्पर्क गर्ने ?

FEIMS मा कुनै विवरण गलत भएमा व्यक्तिले आफैँ संशोधन गर्न सक्नुहुनेछ, तर इमेल, फोन, प्रोफाइल पिक्चर गलत भएमा वैदेशिक रोजगार कार्यालय, तहाचलमा रहेको IT शाखामा सम्पर्क राख्‍न सक्नुहुनेछ ।


38. कुनै संघ संस्थाले पासपोर्ट लगायतका डकुमेन्ट पैसाको बार्गेनिङ्ग गरी नदिएमा कहाँ सम्पर्क गर्ने ?

यस्तो भएमा यहाँले वैदेशिक रोजगार विभाग, अनुगमन शाखामा निवेदनका साथ सम्पर्क राख्‍नुपर्नेछ ।


39. Free visa, free ticket भनी पैसा असुल्न पाइन्छ ?

Free visa, free ticket को नाममा भिसा प्रकृयालाई भनेर कुनै पनि किसिमको रकम असुल्न पाइँदैन । तर श्रम स्वीकृतिमा लाग्ने welfare fund, insurance र ssf को रकम सरकार तथा अनलाइन प्रणालीले तोकिए बमोजिम लिन पाउनेछन् ।


40. संस्थागत ठगीमा परेँ, म्यानपावरले रकम लियो, तर मलाई झुलाइरहेको छ, कहाँ सम्पर्क गर्ने ?

वैदेशिक रोजगार विभागमा गई अनुगमन शाखामा निवेदन तथा सक्कल प्रमाण सहित सम्पर्क गर्नुहोला ।

सम्पर्क ठेगाना